धादिङको त्रिपुरासुन्दरीमा पहिराेले घर पुरिँदा एकजना बेपत्ता
धादिङ, जेठ २७ : धादिङ त्रिपुरासुुन्दरी गाउँपालिका–५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना हराईरहेका छन्। घरमाथिबाट खसेको पहिरोले घर पुरिएपछि त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरेगाउँका ५५ वर्षीय...
धादिङ, जेठ २७ : धादिङ त्रिपुरासुुन्दरी गाउँपालिका–५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना हराईरहेका छन्।
घरमाथिबाट खसेको पहिरोले घर पुरिएपछि त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरेगाउँका ५५ वर्षीय सीताराम भन्ने नेत्रप्रसाद खाण हराइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सूचना अधिकारी राम थापाले जानकारी दिए।
रातिको समयमा अविरल वर्षाका कारण भूकम्पबाट पुनःनिर्माण गरिएको घरमाथिबाट सडक खनेर थुपारिएको माटोको ढिस्कोसहितको लेदोले पुरिएको थियो। घरका अन्य सदस्य अर्को घरमा रहेकोले सकुशल रहेका छन्। खाणको अवस्था भने पत्ता लागेको छैन। पहिरोले घर छोपिएको छ।
ठूलो पहिरोले घर पुरिएको कारण उद्धारमा समस्या आएको छ। स्थानीय जनता, समाजसेवी र नेपाल प्रहरी उद्धारमा लागिरहेका छन्। घटनास्थल क्षेत्रमा जेसिबी जान नसकेको र थप उद्धार टोली आवश्यक भएको नेपाल रेडक्रस सोसाइटीका सभापति नारायण तिमल्सिनाले जानकारी दिए।












