Kathmandu Press

निर्वाचनको दिन सिलिण्डर पड्काएर आतङ्क मञ्चाएका चार आरोपी पूर्पक्षका लागि थुनामा

काठमाडाैं, जेठ २६ : स्थानीय तह निर्वाचनको दिन (वैशाख ३० गते) काठमाडौँको बानेश्वरमा सिलिण्डर पड्काएर आतङ्क मच्चाउने चार आरोपी पूर्पक्षका लागि थुनामा गएका...
निर्वाचनको दिन सिलिण्डर पड्काएर आतङ्क मञ्चाएका चार आरोपी पूर्पक्षका लागि थुनामा

काठमाडाैं, जेठ २६ : स्थानीय तह निर्वाचनको दिन (वैशाख ३० गते) काठमाडौँको बानेश्वरमा सिलिण्डर पड्काएर आतङ्क मच्चाउने चार आरोपी पूर्पक्षका लागि थुनामा गएका छन्। उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतमा पेश भएको मुद्दामा अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी जनाएको छ।

नयाँ बानेश्वरस्थिगत सडकमा विष्फोट गराएर फरार रहेका उनीहरुको खोजतलासका लागि प्रहरीले विशेष अपरेशन सञ्चालन गरेको थियो। उनीहरुको पहिचान गर्न प्रहरीले अनुसन्धानका विविध विधि तथा प्रविधिहरुको प्रयोग गरेको थियो। यसरी थुनामा जानेमा गोरखा घर भई हाल काठमाडौँ बस्ने हरिकृष्ण थापा, काभ्रे घर भई ललितपुर बस्ने करण श्रेष्ठ, भोजपुर घर भई भक्तपुर बस्ने युवराज थापा र खोटाङका भरतकुमार राई रहेका छन्।

अभियुक्त राई यसअघि विभिन्न समयमा हातहतियार खरखजना, बैकिङ कसुर तथा कर्तव्य ज्यान मुद्दामा पक्राउ परी कारवाही गरिएका व्यक्ति हुन्। अनुसन्धानमा उनी मिडियाको आवरणमा जनताको सुसूचित हुन पाउने अधिकारलाई समेत तोडमरोड गर्दै आतङ्क मच्चाएर आर्थिक उपार्जन गर्ने उद्देश्य राखेको खुल्न आएको छ।

प्रकाशित मिति: २०:४२ बजे, बिहीबार, जेठ २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्