Kathmandu Press

बागलुङमा गाउँघर क्लिनिक सञ्चालनमा

बागलुङ, जेठ २६ : सर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य सेवा दिन गलकोट नगरपालिका–७ मल्मको झिर्कामा गाउँघर क्लिनिक सञ्चालनमा ल्याइएको छ। क्लिनिकको बुधबार वडाध्यक्ष राजबहादुर थापाले...
बागलुङमा गाउँघर क्लिनिक सञ्चालनमा

बागलुङ, जेठ २६ : सर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य सेवा दिन गलकोट नगरपालिका–७ मल्मको झिर्कामा गाउँघर क्लिनिक सञ्चालनमा ल्याइएको छ। क्लिनिकको बुधबार वडाध्यक्ष राजबहादुर थापाले शुभारम्भ गरे। मल्म स्वास्थ्यचौकीअन्तर्गत सञ्चालित उक्त क्लिनिकबाट परिवार नियोजन, सुरक्षित मातृत्व, पोषण अनुगमनलगायत प्राथमिक उपचार र परामर्श सेवा प्रदान गरिने स्वास्थ्यचौकी इञ्चार्ज अनिता कार्कीले जानकारी दिए।

क्लिनिकबाट हरेक महिनाको २५ गते स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान हुने उनको भनाइ छ। प्राथमिक उपचार सेवा भने नियमित सञ्चालन हुने जनाइएको छ। क्लिनिकलाई व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि सात सदस्यीय क्लिनिक सहयोग समितिसमेत गठन गरिएको छ।

Hardik ivf

समितिको अध्यक्षमा मीना दर्जी र संरक्षकमा वडाध्यक्ष राजबहादुर थापा रहेका छन। वडाध्यक्षमा थापा निर्वाचित भएपछि बसेको स्वास्थ्यचौकी व्यवस्थापन समितिको पहिलो बैठकले गाउँघर क्लिनिक खोल्ने निर्णय गरेको थियो।

स्वास्थ्य सेवाको सहज पहुँचबाट बञ्चित झिर्का, टोकरी र छिमेकी वडा पाण्डवखानी, सिद्धथानका बासिन्दालाई समेत लक्ष्य गरी क्लिनिक सञ्चालनमा ल्याइएको हो। सेवा शुभारम्भ गर्दै वडाध्यक्ष थापाले क्लिनिकलाई छिट्टै सामुदायिक स्वास्थ्य एकाइमा स्तरवृद्धि गर्न पहल गरिने बताए। 'स्वास्थ्यचौकी पायकमा नपर्दा टाढाको भूगोलका जनतालाई स्वास्थ्य सेवा पाउनै कठिन छ,' उनले भने, 'सामुदायिक स्वास्थ्य एकाइ बनेमा स्वास्थ्यचौकीसरहकै सेवा दिन सकिन्छ।'

प्रकाशित मिति: २०:३२ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्