शुक्रबारदेखि नीति तथा कार्यक्रममाथि लुम्बिनी प्रदेशसभामा छलफल हुने
काठमाडौं, जेठ २६ : लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि छलफल सुरु हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले बुधवार सार्वजनिक गरेको नीति तथा...
काठमाडौं, जेठ २६ : लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि छलफल सुरु हुने भएको छ ।
लुम्बिनी प्रदेश सरकारले बुधवार सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि छलफल हुने लागेको हो ।
बिहीबार बसेको प्रदेशसभा बैठकमा सञ्चार र प्रहरी सेवा सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयकलाई विषयगत समितिमा पठाउने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक राम शर्माले प्रस्तुत गरेको विधेयकमाथिको प्रस्तावलाई प्रदेशसभाबाट पारित गरी विषयगत समितिमा पठाएको हो ।
प्रकाशित मिति: १९:१७ बजे, बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार