Kathmandu Press

भारतमा जुलाई १८ मा राष्ट्रपतीय निर्वाचन हुने

नयाँ दिल्ली, जेठ २६ : भारतमा १६औँ राष्ट्रपति चयनका लागि यही जुलाई १८ मा निर्वाचन हुने भएको छ।त्यसको मतगणना भने जुलाई २१ देखि...
भारतमा जुलाई १८ मा राष्ट्रपतीय निर्वाचन हुने

नयाँ दिल्ली, जेठ २६ : भारतमा १६औँ राष्ट्रपति चयनका लागि यही जुलाई १८ मा निर्वाचन हुने भएको छ।

त्यसको मतगणना भने जुलाई २१ देखि मात्रै हुने निर्वाचन आयोगले बिहीबार जानकारी दिएको छ।

Hardik ivf

प्रमुख निर्वाचन आयुक्त राजिव कुमारले पत्रकार सम्मेलनमा भने, 'नयाँ राष्ट्रपति चयनका लागि प्रक्रिया सुरु भइसकेको छ। वर्तमान राष्ट्रपतिको कार्यकाल नसकिँदै नयाँ राष्ट्रपति निर्वाचित भइसक्नुहुनेछ।'

भारतका वर्तमान राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल यही जुलाई २४ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो।  

राष्ट्रपति चयनका लागि एक सांसदको मतभार ७०० हुने संवैधानिक व्यवस्था रहेको छ। मतदाता अन्तर्गत पर्ने व्यक्ति निलम्बीत भएको वा कारागारमा छ भने उनीहरूलाई प्रक्रिया पुरा गरेर मतदान गर्न पाइने व्यवस्था छ।

राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता यही जुन २९ मा गर्नुपर्ने गरी निर्वाचन तालिका बनाइएको निर्वाचन आयोगले जनाएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने जुलाई २ मा मात्रै हुने भएको छ।

अहिले सन् २०२२ मा राष्ट्रपति निर्वाचनका लागि चार हजार ८०९ ‘इलेक्ट्रोरल’ मत रहेको र उनीहरूलाई कुनै राजनीतिक दलले ‘ह्विप’ जारी गर्न नसक्ने पनि प्रमुख आयुक्त कुमारले जानकारी दिए।

प्रकाशित मिति: १९:०७ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्