Kathmandu Press

कंगाेमा हिरा खानी भत्किँदा ४० भन्दा बढीको मृत्यु

किन्शासा, जेठ २५ : प्रजातान्त्रिक गणतन्त्र कंगाेको मध्य क्षेत्रमा मंगलबार हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले...
कंगाेमा हिरा खानी भत्किँदा ४० भन्दा बढीको मृत्यु

किन्शासा, जेठ २५ : प्रजातान्त्रिक गणतन्त्र कंगाेको मध्य क्षेत्रमा मंगलबार हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन्।

कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु नतुम्बाले साम्बा शहरमा भएको घटनाको हताहतबारे सञ्चारलाई जानकारी गराएका छन्। 

उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए। पीडितहरु सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेको ती अधिकारीले बताए। पहिरोले करिब ४० वटा खाडललाई पुरेको बताइएको छ।

प्रकाशित मिति: १७:४५ बजे, बिहीबार, जेठ २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्