Kathmandu Press

गोदावरीधाममा कैवल्यनाथ मन्दिरमा प्राण प्रतिष्ठा

कैलाली, जेठ २६ : कैलालीको गोदावरीधाममा नवनिर्मित कैवल्यनाथ मन्दिर ९मोक्षद्वार०को आज शुभारम्भ गरिएको छ। मन्दिरमा स्थापना गरिएको पञ्चमुखी शिवलिङ्गको एक विशेष समारोहकाबीच १००८...
गोदावरीधाममा कैवल्यनाथ मन्दिरमा प्राण प्रतिष्ठा

कैलाली, जेठ २६ : कैलालीको गोदावरीधाममा नवनिर्मित कैवल्यनाथ मन्दिर ९मोक्षद्वार०को आज शुभारम्भ गरिएको छ। मन्दिरमा स्थापना गरिएको पञ्चमुखी शिवलिङ्गको एक विशेष समारोहकाबीच १००८ स्वामी लोकानन्द माहाराजजीले प्राण प्रतिष्ठा गरे।

सो मन्दिरको पुरानो कलात्मक शैलीमा निर्माण गरिएको छ। सङ्घीय सरकारको सहरी विकास कार्यक्रमको सहयोगमा उपभोक्तामार्फत मन्दिर निर्माण गरिएको हो। झण्डै रु डेढ करोड बढीको लगानीमा मन्दिर निर्माण गरिएको गोदावरीधाम विकास समितिले जनाएको छ।

मन्दिर परिसरमा १००८ शिवलिङ्गहरू स्थानीयवासीले आफ्ना दिवंगत पित्रृहरूको नाममा स्थापना गरेका छन्। मन्दिरमा पुगेर आज सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले पूजाआजा गरेका छन्। पशुपतिनाथ मन्दिरको झल्को दिने गरी मन्दिरको निर्माण गरिएको गोदावरीधाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताए।

मन्दिर निर्माण भएसँगै गोदावरीधाम क्षेत्रमा धार्मिक पर्यटन बढ्ने विश्वास उनले व्यक्त गर्नुभयो। गोदावरीधाम विकास समितिले गोदावरीमा कुम्भमेला अर्धकुम्भ मेला आयोजना गर्दै आएको जनाइएको छ।

प्रकाशित मिति: १७:४१ बजे, बिहीबार, जेठ २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्