Kathmandu Press

वर्षा सुरु भएपछि मनाङवासीमा त्रास

मनाङ, जेठ २६ : नेपालभर मनसुन फैलिने क्रममा छ। मनसुन फैलने क्रमसँगै वर्षाको सुरुआत भइसकेको छ। वर्षा सुरु भएसँगै हिमाली जिल्ला मनाङवासीको त्रास...
वर्षा सुरु भएपछि मनाङवासीमा त्रास

मनाङ, जेठ २६ : नेपालभर मनसुन फैलिने क्रममा छ। मनसुन फैलने क्रमसँगै वर्षाको सुरुआत भइसकेको छ। वर्षा सुरु भएसँगै हिमाली जिल्ला मनाङवासीको त्रास बढेको छ। गत वर्षको ३१ जेठ र असारको पहिलो साता मर्स्याङ्दी नदीमा आएको बाढीबाट प्रभावित मनाङवासीमा त्रास बढेको हो।

गत वर्षको बाढीका कारण घरबारविहीन भएका मनाङ नासों गाउँपालिकाको सिरानताल र तालगाउँका विस्थापित अझै टेन्ट र टहरामै बस्न बाध्य छन्। वर्षाको सुरुआत भएपछि उनीहरूमा यस वर्ष पनि त्रास बढेको छ। हिउँदको चिसो कठ्याङ्ग्रिदै कटाएका बाढी प्रभावितका लागि सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन्। बाढीका कारण विस्थापित तालगाउँ र सिरानतालका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आसमा छन्।

वर्षा सुरु भइसकेकाले मनाङवासी तथा विशेषगरी तालगाउँवासीमा त्रास बढेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। सुरक्षित आवास अभावमा उनीहरूले भत्किएका संरचनामा बाढीले ल्याएको गिट्टी, बालुवा, ढुङ्गा हटाएर टिनको टहरा निर्माण गरी बसेको आचार्यले बताउनुभयो। उहाँका अनुसार गत मङ्सिरमा गण्डकी प्रदेश सरकारले दिएको रु दुई लाख र नासों गाउँपालिकाले दिएको रु एक लाखले अस्थायी टहरा बनाएर बसेका छन्।

Hardik ivf

बाढीपीडितका लागि वर्षायामअगावै स्थानान्तरण वा सुरक्षित बासको व्यवस्था गर्ने योजना तयारी गर्न नसकिएको प्रजिअ आचार्यले बताए। तीन तहको सरकारसँग आग्रहपश्चात यहाँका स्थानीयवासी सुरक्षित हुने अवस्थामा पुगेको उनले बताए। गत वर्ष मस्र्याङ्दी नदीको बाढीले तालगाउँ र सिरानतालको बस्ती तहसनहस पारेको थियो।

जोखिमयुक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित बासस्थानको खोजीमा भौतारिएका स्थानीयवासीलाई हिउँदभित्रै घर बनाउने भनिए पनि वर्षा सुरु हुँदासम्म पनि टहराबाट सार्न नसकिएको उनी बताउँछन्। वर्षा लागिसक्दा पनि सुरक्षित बासको अझै ठेगान नहँुदा पुख्र्यौली थातथलो नै छाड्नुपर्ने हो कि भन्ने चिन्ताले बाढीपीडित रातमा निदाउन नसकेको बताउँछन्।

सुरक्षित स्थानको पहिचान नहुँदा उनीहरूले व्यक्तिगत तवरमा घर बनाउन समेत पाएका छैनन्। जग्गा अभावका कारण बाढी प्रभावितको सुरक्षित आवास निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो। सिरानतालको सात र तालगाउँको ४३ घरधुरी अन्य सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको प्रजिअ आचार्यले बताए। 

तालगाउँका बाढी प्रभावित मीनकासी गुरुङले टिनको टहरा बनाउन लामो समय कुर्नुपरेको बताए। 'ढिलै भए पनि वर्षायाममा ओत लाग्ने ठाउँ बनेको छ। सरकार रहेको आभास भएको छ,' उनले भने, 'अझै त्रास कम भने भएको छैन। यस वर्ष पनि नदीमा बाढी नआउँला भन्न सकिँदैन। यसको त्रास भने हामीलाई छ।'

नदी किनारमा रहेको तालगाउँ बाढीको उच्च जोखिमको क्षेत्र मानिन्छ। सिरानताल क्षेत्रको भौगर्भिक अध्ययनको तयारी थालेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। भौगर्भिक अध्ययनको नतिजापश्चात यस क्षेत्रको संरक्षणका लागि थप व्यवस्थापन गर्ने तयारी रहेको प्रजिअ आचार्यले बताए। अध्ययनपछि उक्त ठाउँमा बस्न मिल्ने वा नमिल्ने विषयमाथि निष्कर्ष निकालिनेछ। यहाँका आधा जति बासिन्दा तालमै बस्न इच्छुक छन्।

सिरानताल र तालगाउँवासीको निजी आवास निर्माण गर्न सकिएको छैन। मर्स्याङ्दी नदी किनारमा रहेको यी गाउँलाई सुरक्षित बनाउनका लागि तटबन्धन लगाउन थालिएको छ। तर पूरा गर्न अझै समय लाग्नेछ।

प्रकाशित मिति: १७:३३ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्