Kathmandu Press

थप २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ २६ : नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ६ सय ५५ पिसिआर परिक्षणका क्रममा १२...
थप २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ २६ : नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ६ सय ५५ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार ९८ एन्टीजेन परिक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Hardik ivf

त्यस्तै कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ७१ जना निको भएका छन्।

हाल नेपालमा १ सय १२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:४९ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्