Kathmandu Press

पर्वतारोहण संघमा दुई समूहबीच प्रतिस्पर्धा

काठमाडाैं, जेठ २६ : पर्वतारोही र पर्वतारोहण व्यवसायमा आवद्ध व्यवसायीहरूको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घको नयाँ नेतृत्वका लागि दुई समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको...
पर्वतारोहण संघमा दुई समूहबीच प्रतिस्पर्धा

काठमाडाैं, जेठ २६ : पर्वतारोही र पर्वतारोहण व्यवसायमा आवद्ध व्यवसायीहरूको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घको नयाँ नेतृत्वका लागि दुई समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।

सङ्घको यही जेठ २७ र २८ गते हुन लागेको अधिवेशन तथा निर्वाचनमा दुई समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन्।

अध्यक्षसहित पदाधिकारी र सदस्य पदका लागि पर्यटन व्यवसायी निमानुरु शेर्पा समूहले उम्मेदवारी मनोनयन दर्ता गरिसकेको छ। पर्वतारोही माया शेर्पा समूहले पनि छुट्टै मनोनयन दर्ता गराएको छ।

यद्यपि माया शेर्पाले अध्यक्षमा निमानुरु शेर्पालाई समर्थन गर्ने भएको छ। शेर्पा नेतृत्वको समूहमा वरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे, प्रथम उपाध्यक्षमा दावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावा याङजुङ शेर्पा, महासचिवमा मोहन लम्साल, सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे उम्मेदवार हुन्।

त्यस्तै सदस्यमा सिङ्गी लामा, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नामग्याल जाङ्बु शेर्पा, नोर्बुछिरिङ शेर्पा (लामा), पासाङदावा शेर्पा, दिनेश तामाङ, उर्गादेवी श्रेष्ठ, डोमा शेर्पा, पिताम्बर गुरुङ र ङिमा डोमा शेर्पा छन्।

यता मार्या शेर्पा समूहबाट वरिष्ठ उपाध्यक्षमा माया शेर्पा (पर्वतारोही), प्रथम उपाध्यक्षमा नुरू जाङबु शेर्पा, द्वितीय उपाध्यक्षमा सार्की तामाङ, महासचिवमा आङपेम्वा शेर्पा, सचिवमा शिवबहादुर सापकोटा, कोषाध्याक्षमा फुरीगेल्जेन शेर्पा हुनुहुन्छ।

त्यसैगरी सदस्यमा पेम्बा शेर्पा, कान्छानुर्बु शेर्पा, पासाङ शेर्पा, दावाटसी शेर्पा, ल्हाक्पादेण्डी शेर्पा, दाबुटी शेर्पा, आङदावा शेर्पा, चेङाछिरिङ शेर्पा, फुरदिकी शेर्पा, लक्मी तामाङ र किसान गुरुङ छन्। निर्वाचन कार्यक्रमअनुसार शुक्रबार कमलादीस्थित प्रज्ञा भवनमा बिहान ८ देखि साँझ ५ बजेसम्म मतदान हुने सङ्घले जनाएको छ।

निर्वाचनमा आफ्नो पक्षमा माहोल बनाउन उम्मेदवारहरूले व्यवसायी सरोकारवालासँग छलफल गरिरहेका छन्। निमानुरु शेर्पा समूहबाट महासचिवका प्रत्यासी मोहन लम्सालले सबै हिसाबले उपयुक्त समूह भएकाले जित सुनिश्चित रहेको दाबी गरे। उनले मतदाता व्यवसायीसँग निरन्तर छलफलमा जुटिरहेको जानकारी दिए।

प्रकाशित मिति: १६:०५ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्