Kathmandu Press

भारतमा २४ घन्टामा ७ हजार कोरोना संक्रमित थपिए

काठमाडौं, जेठ २५ : भारतमा बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा थप सात हजार २४० कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले...
भारतमा २४ घन्टामा ७ हजार कोरोना संक्रमित थपिए

काठमाडौं, जेठ २५ : भारतमा बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा थप सात हजार २४० कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ। 

सोमबाार तुलना मङ्गलबार कोरोना सङ्क्रमण ४१ प्रतिशतले बृद्धि भएको थियो। गत मङ्गलबारबाट महाराष्ट्र राज्यमा कोरोना सङ्क्रमण बृद्धि दर बढ्को पाइएको छ । बुधबार साँझसम्म महाराष्ट्रमा दैनिक सङ्क्रमण दुई हजार ७०१ जनामा देखिएको थियो।    
  
हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या ३२ हजार ८९८ रहेका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या भारतमा हालसम्म भएका कोरोना सङ्क्रमितको ०।०८ प्रतिशत भएको जनाइएको छ। 

Hardik ivf

बुधबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा तीन हजार ३९१ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ४० हजार ३०१ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७१ प्रतिशत रहेको छ। 

भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ३८ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ५९ लाख ८१ हजार ६९१ हजार खोप लगाइएको छ।  

प्रकाशित मिति: १५:३६ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्