Kathmandu Press

गलकोट क्षेत्रमा पहिरो : घरगोठ र पशुधनको क्षति

गलकाेट, जेठ २५ :  दुई दिनदेखिको भीषण वर्षाले गलकोट क्षेत्रमा क्षति निम्ताएको छ । पहिरा र भेलबाढीले स्थानीयका घरगोठ, खेतबारी र पशुधनमा क्षति...
गलकोट क्षेत्रमा पहिरो : घरगोठ र पशुधनको क्षति

गलकाेट, जेठ २५ :  दुई दिनदेखिको भीषण वर्षाले गलकोट क्षेत्रमा क्षति निम्ताएको छ । पहिरा र भेलबाढीले स्थानीयका घरगोठ, खेतबारी र पशुधनमा क्षति पुगेको हो । ठूला राजमार्गदेखि ग्रामीण सडकसम्म क्षतविक्षत बनेका छन्।

गलकोट नगरपालिका–१, २, ३ र ४ मा वर्षाले बढी क्षति पु¥याएको छ । वडा नं १ का अम्मरबहादुर खड्काको गोठ पहिरामा पुरिँदा तीनवटा भैँसी र एउटा माउ बाख्रा मरेको वडाध्यक्ष लालबहादुर रानाले जानकारी दिए। गोठ र पशुचौपायासमेत गर्दा खड्काको रु १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।
    
उनका अनुसार भुङ्खानी, गहते, काफलठुटालगायतका बस्ती पहिराको जोखिममा छन् । स्थानीय विजयी खत्रीको घरमा पनि पहिराले क्षति पु¥याएको छ । ‘साविक वडा नं ३ का अधिकांश घर जोखिममा छन्, हरेक घरका पछिपट्टि सानादेखि ठूलासम्म पहिरा खसेका छन्,’ उनले भने, ‘गाउँबाट झरेको गेगर र बाढी पसेर खोला छेउछाउको खेत पनि पुरेको छ।’ 

Hardik ivf

बाढी पस्दा खेतमा भर्खर लगाएको धानबाली पनि नष्ट भएको छ । जोखिम न्यूनीकरण गर्ने र विपद्बाट प्रभावित परिवारलाई तत्कालीन राहत उपलब्ध गराउन नगरबाट पहल भइरहेको जनाइएको छ। पहिराका कारण गए रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्ग दिउँसोदेखि खुलेको नगरका प्रवक्ता हेमन्त भण्डारीले जानकारी दिए।

वडा नं १ को भुङ्खानी र काफलठुटा क्षेत्रमा खसेका पहिराले यातायात सञ्चालनमा अवरोध खडा गरेको थियो । बिहानैदेखि लोकमार्ग भएर चल्ने सवारीसाधन बाटैमा अलपत्र परेका थिए । यात्रुले सास्ती खेप्नुपरेको थियो । लोकमार्ग आयोजना, नगरपालिका, नेपाल सेना, स्थानीयलगायत मिलेर पहिरा पन्छाएपछि यातायात सेवा सञ्चालन भएको हो ।

गलकोट –१ नरेठाँटी बजार र आसपासका ठाउँमा पनि बाढीपहिराका कारण घरहरू जोखिममा छन् । नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा रहेको जनाइएको छ । बाढीले स्थानीय महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानसमेत पुरिएको छ । वर्षा भइरहँदा स्थानीयवासीले बाढी नतर्काएका भए अझ ठूलो क्षति निम्तने अवस्था रहेको वडा नं २ का वडाध्यक्षसमेत रहनुभएका नगरका प्रवक्ता भण्डारीले बताए।

वडा नं ३ को हटियाबजार, ४ को डाँडाखेतलगायतका ठाउँमा पनि भलबाढीले क्षति पु¥याएको छ । नाली थुनिएर हटियाका घर, पसल र होटलमा भल छिरेको थियो । बाढीले मुख्य सडकदेखि ग्रामीण भेग जोड्ने सडक पनि भत्किएका छन् । पुष्पलाल लोकमार्ग खण्डमा ठुल्ठूला खाल्डाखुल्डी परेका छन् । यात्रा जोखिमपूर्ण बनेको छ । कतै रुख ढलेर सडक छेकेका छन् । गलकोट–बागलुङ चल्ने जिपका चालक राजेन्द्र विकले पहिरा छल्दै यात्रा गर्नुपरेको सुनाए।

यसै त रुग्ण बनेको लोकमार्गको बागलुङ–गलकोट खण्डलाई बाढीपहिराले थप बिगारेको उहाँको भनाइ छ । विकका अनुसार त्यस खण्डका दर्जनौँ ठाउँमा पहिरा खसेका छन् । तत्काललाई पहिरा पन्छाएर यातायात सञ्चालन गरे पनि सडकको दीर्घकालीन सुधार हुनुपर्ने स्थानीयवासीको माग छ। 

प्रकाशित मिति: १४:४७ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्