Kathmandu Press

हिमाली क्षेत्रमा निःशुल्क सोलार वितरण

डोल्पा, जेठ २६ : केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँचमा नभएको उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा  सौर्य ऊर्जा (सोलार) निः शुल्क वितरण गरिएको छ। डोल्पोबुद्ध –६ का...
हिमाली क्षेत्रमा निःशुल्क सोलार वितरण
Hardik ivf

डोल्पा, जेठ २६ : केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँचमा नभएको उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा  सौर्य ऊर्जा (सोलार) निः शुल्क वितरण गरिएको छ। 

डोल्पोबुद्ध –६ का १२८  घरधुरीमा ५० वाटको सोलार जडान गरिएको वडाध्यक्ष नुर्बु डम्डुल गुरुङले जानकारी दिए। कादुरी नामक संस्थाको सहयोगमा वडाका सम्पूर्ण घरधुरीलाई निःशुल्क सोलार प्रदान गरिएको उनले बताए। 

संस्थाले सोलार खरिद गरिदिएर जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरसम्म ढुवानी गरिदिएको थियो । यसपछि स्थानीय आफैँले सोलार ढुवानी गरेका थिए । सोलारले दैनिकीमा सजिलो भएको  स्थानीयवासी सेनाङ लामाले बताए। 

प्रकाशित मिति: १४:४३ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्