Kathmandu Press

दलित छात्रको पठनपाठनको जिम्मेवारी गुरुकुलले लिने

ललितपुर, जेठ १६ : ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा दलित समुदायका भएकै कारण भर्ना नपाएका चार छात्रले अब महोत्तरीको मटिहानीस्थित गुरुकूलमा पढ्न...
दलित छात्रको पठनपाठनको जिम्मेवारी गुरुकुलले लिने

ललितपुर, जेठ १६ : ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा दलित समुदायका भएकै कारण भर्ना नपाएका चार छात्रले अब महोत्तरीको मटिहानीस्थित गुरुकूलमा पढ्न पाउने भएका छन्।

दलित भएकै कारण भर्ना नपाएको भन्ने समाचार आएपछि मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले बर्दियाको बारबर्दिया–६ का चार दलित परिवारका छात्रको पठनपाठनको जिम्मेवारी लिने भएको हो।

Hardik ivf

ललितपुुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा भर्ना नपाएका १० वर्षीय समीर सुनार, १२ वर्षीय विराज सुनार, नौ वर्षीय भुवेश्वर सुनार र १० वर्षीय भीमबहादुर सुनारले अब मटिहानी गुरुकुलमा भर्ना पाउने भएका हुन्।

'बर्दियाका चार छात्रको ललितपुर गुरुकूलमा भर्ना हुन नसकेको सञ्चारमाध्यममा देखियो,' मटिहानीस्थित गुरुकूल राजकीय संस्कृत माविका प्राचार्य ईश्वरीप्रसाद पौडेलले भने, 'हामी ती चारै छात्रको बसोबास, खानपान र पठनपाठनको जिम्मा लिन्छौं,' दलित छात्र र उनीहरुका अभिभावकको पढ्ने/पढाउने रहरको सम्मान गर्दै चारै छात्रको स्वागतका लागि आफ्नो गुरुकूल पर्खिरहेको पौडेलको भनाइ छ।

आजभन्दा ३०४ वर्र्ष पहिले स्थापित मुलुककै जेठो गुरुकूल मानिने मटिहानीमा बालगुरु षडाननले पनि शिक्षा लिएको थियो। गुरुकूलमा अहिले हिन्दू धर्म परम्पराका दलितमात्र नभएर इस्लाम धर्मावलम्बी छात्र पनि पढ्दैछन्। 'कोही जन्मले सुद्र वा ब्राह्मण हुँदैनन्, सबै कर्मले उच्च हुन सक्छन्, त्यसैेले हाम्रो गुरुकूलमा सबै जातजाति र समुदायले उत्तिकै सम्मानसाथ प्रवेश पाउँछन्,' पौडेलले भने।

ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा सिट सङ््ख्या पूरा भएको भन्दै भर्ना लिन नसक्ने जनाए पनि सो गुरुकूललमा हाल ३३ मात्र छात्र रहेको बताइएको छ। सो गुरुकूलको वेबसाइटमा सिट सङ्ख्या ५० रहेको पाइन्छ।

भर्नाका लागि केश मुण्डन र व्रतबन्ध गरिसकेपछि जातथर सोध्दा आफूले नढाँटी बताएपछि गुरुकूलका प्राचार्यले घर जान भनेको जनाइएको छ।

प्रकाशित मिति: १३:५७ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्