Kathmandu Press

क्यालिफोर्नियामा सैनिक विमान दुर्घटना : पेन्टागन

वासिङटन, जेठ २६ : भि–२२ ओस्प्रे (सैनिक) विमान बुधबार दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको मरिन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई बताएका छन्। उक्त विमानमा कुनै आणविक...
क्यालिफोर्नियामा सैनिक विमान दुर्घटना : पेन्टागन

वासिङटन, जेठ २६ : भि–२२ ओस्प्रे (सैनिक) विमान बुधबार दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको मरिन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई बताएका छन्। उक्त विमानमा कुनै आणविक सामग्री  भने नभएको बताइएको छ। 

प्रवक्ताका अनुसार दुर्घटनामा कुनै हताहतीको पुष्टि भने भएको छैन। यद्यपि स्थानीय समाचार माध्यमहरूले मरिन कोर्प्स विमानमा सवार कम्तीमा चारजनाको मृत्यु भएको बताएका छन्।

Hardik ivf

'म ग्लेमिस क्यालिफोर्नियामा भि-२२ ओस्प्रे दुर्घटना भएको पुष्टि गर्न सक्छु।  विमानमा कुनै आणविक सामग्री भने थिएन। हामीसँग कुनै थप जानकारी छैन,' प्रवक्ताले बुधबार सो कुरा बताएको भनी समाचार माध्यमले उल्लेख गरेका छन्।

क्यालिफोर्नियाको स्यान डिएगोबाट बाहिर रहेको तेस्रो मरिन एयरक्राफ्ट विङको एउटा विमान मेक्सिकोको सीमाबाट करिब ३० माइल उत्तरमा राजमार्ग ७८ र ग्लामिस शहर नजिकै दुर्घटनाग्रस्त भएको, नौसेना वायु सेवा सुविधा एल सेन्ट्रोले  समेत आफ्नो फेसबुक पेजमा पुष्टि गरेको स्पुतनिकले  जनाएको छ। 

घटनास्थलबाट प्रतिक्रियाकर्ताको रेडियो कलले  सो विमानमा आणविक सामग्री भएको सङ्केत गरेको थियो तर मरिन कोर्प्सले पछि प्रतिक्रिया दिदै सो अनुमानलाई खारेज गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति: १३:२१ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्