Kathmandu Press

पाकिस्तानको पन्जाबमा ९ जनाको गोली हानी हत्या

पाकिस्तानको पन्जाबमा ९ जनाको गोली हानी हत्या

इस्लामाबाद, जेठ २६ : पाकिस्तानको पञ्जाव प्रान्तमा अलग अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा पनि नौ जनाको ज्यान गएको छ।

गएको २४ घन्टायता भएका ती हमलाहरुमा नौ जनाको हत्या भएको प्रहरीले जनाएको छ। अज्ञात समूहले बुधबार यहाँका विभिन्न स्थानमा अन्धाधुन्ध गोली हानेको जनाएको हो। पञ्जाव प्रान्तको शिखुपुरा जिल्लामा गोली हानेर चार जनाको हत्या गरिएको प्रहरीले जनाएको छ।

सो स्थानमा बुधबार अपराह्न सवारी साधनमै गोली हानेर चार यात्रुको हत्या गरिएको प्रहरीले जनाएको छ।

सडकमै गोली प्रहार गरेर चार जनाको हत्या गरेको सो अज्ञात व्यक्ति भाग्न सफल भएको प्रहरीले जनाएको छ। प्रहरीले खोजी अभियानलाई जारी राखेको भए पनि बुधबार रातिसम्म पक्राउ गर्न सकेको छैन।

त्यसैगरी पञ्जाव राज्यको भवलपुर जिल्लामा पनि भ्यानमा यात्रा गरिरहेका यात्रुमाथि गोली चलाइएको थियो। त्यसमा परेर पाँच जना मारिएका थिए।सो घटनामा संलग्नको पनि प्रहरीले खोजी जारी राखेको बताएको छ।

सडकमा गुडिरहेको भ्यानमा एक अज्ञात व्यक्तिले गोली हानेर भागेको थियो।

प्रकाशित मिति: १३:१६ बजे, बिहीबार, जेठ २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्