Kathmandu Press

धादिङको धुनिवेशीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु 

काठमाडौं, जेठ २६ : धादिङको धुनिबेशी नगरपालिका-६ चालिसेमा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ। गोर्खाको गण्डकी गाउँपालिका ५ दरबुङ घर भएकी अन्दाजी...
धादिङको धुनिवेशीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु 

काठमाडौं, जेठ २६ : धादिङको धुनिबेशी नगरपालिका-६ चालिसेमा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ। गोर्खाको गण्डकी गाउँपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ वर्षीया राममाया विकको मृत्यु भएको हो।

पैदल हिंडीरहेकी उनलाई काठमाडौंबाट नारायणगढ तर्फ जाँदै गरेको ना ८ ख ५१७३ नम्बरको ट्रकले गएराति साढे ९ बजे ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी विकको उपचारको क्रममा काठमाडौंको ट्रमा सेन्टरमा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १२:५९ बजे, बिहीबार, जेठ २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्