Kathmandu Press

जिल्ला समन्वय समिति चितवनको निर्वाचन जेठ ३१ गते

चितवन, जेठ २६ : जिल्ला समन्वय समितिको निर्वाचन यही जेठ ३१ गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार एक सूचना जारी...
जिल्ला समन्वय समिति चितवनको निर्वाचन जेठ ३१ गते

चितवन, जेठ २६ : जिल्ला समन्वय समितिको निर्वाचन यही जेठ ३१ गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार एक सूचना जारी गर्दै कार्यतालिका सार्वजनिक गरेको हो।

जिल्लाका सात पालिकाको कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएपछि जिल्ला समन्वय समितिको निर्वाचनका लागि सार्वजनिक गरिएको कार्यतालिकाअनुसार जेठ २८ गते मतदाता नामावली प्रकाशन, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्ने, संशोधित मतदाता नामावली प्रकाशन गर्ने, मतदाताको विरोधमा उजुरी दिने रहेको छ।

Hardik ivf

यस्तै २९ गते मतदाताको विरोधमा दिएको उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने उल्लेख छ। 

जेठ ३० गते उम्मेदवारको सूची प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी, मनोनयनपत्र जाँच र उजुरीउपर निर्णय, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ। सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ। जेठ ३१ गते बिहान १० बजेदेखि १२ बजेसम्म मतदानको कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उक्त समितिको निर्वाचनको सबै काम मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए। उनका अनुसार समितिको प्रमुख र उपप्रमुखसहित नौ पदका लागि निर्वाचन हुन लागेको हो।

सात पालिकाबाट १४ प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्। तीमध्ये सातजना पाँचदलीय गठबन्धनका र  सात जना एमालेबाट निर्वाचित भएका हुन्। 

प्रकाशित मिति: १२:४६ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्