Kathmandu Press

जिसस गुल्मीको निर्वाचन असार १ गते

गुल्मी, जेठ २६ : जिल्ला समन्वय समिति (जिसस) गुल्मीको निर्वाचन आगामी असार १ गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले असार १ गते...
जिसस गुल्मीको निर्वाचन असार १ गते

गुल्मी, जेठ २६ : जिल्ला समन्वय समिति (जिसस) गुल्मीको निर्वाचन आगामी असार १ गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले असार १ गते निर्वाचन हुने गरी जिसस निर्वाचन-२०७९ को कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिकाअनुसार बुधबार आयोगले यही जेठ २४ मतदाताको नामावली सार्वजनिक गरेको छ। त्यस्तै  २७ गते मतदाता नामावली सच्याउन निवेदन दिने र संशोधित मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

२८ गते मतदाताको विरोधमा उजुरी दिने र उजुरीउपर जाँचबुझ गर्ने एवं २९ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ३० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ।

Hardik ivf

जेठ ३१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको सहायक निर्वाचन अधिकृत रामबहादुर कुँवरले जानकारी दिए।

कार्यालयले मतदानका लागि २४ मतदाताको नाम सार्वजनिक गरेको छ। जसअनुसार जिल्ला १२ पालिकाका २४ मतदाता छन्। स्थानीय तहका प्रमुख–अध्यक्ष एवं उपप्रमुख–उपाध्यक्ष जिल्ला समन्वय समितिको निर्वाचनका लागि मतदाता हुन पाउँछन्। 

समन्वय समितिको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) का १०–१० एवं नेकपा (माओवादी केन्द्र) का चार मतदाता छन्।

कालीगण्डकीमा माओवादी केन्द्र, एमाले तालमेलबाट ‘सूर्य’ चिह्नबाट माओवादी केन्द्रका उम्मेदवार विजयी भएकाले माओवादी केन्द्रले आफ्नो पाँच र एमालेको नौ मत रहेको दाबी गरेको छ। 

पाँचदलीय गठबन्धनको तर्फबाट कांग्रेसका दोर्ण खत्रीलाई प्रमुख बनाउने तयारी छ। गठबन्धनको तर्फबाट उपप्रमुखका उम्मेदवार भने अझै टुङ्गो लागेको छैन।

शुक्रबार बस्ने बैठकले उपप्रमुखको उम्मेदवार टुङ्गो लगाउने माओवादी केन्द्रका जिल्ला संयोजक बुद्धि जिसीले जानकारी दिए।

एमालेका सचिव गणेश श्रीपालीले भने पार्टीको तर्फबाट प्रमुख–उपप्रमुखमा उम्मेदवारी दिने वा नदिने भन्ने विषय नै टुङ्गो नलागेकाले उम्मेदवार नटुङ्ग्याएको प्रतिक्रिया दिए।

गत वैशाख ३० को निर्वाचनमा कालीगण्डकी र धुर्कोट गाउँपालिकामा माओवादी–एमाले तालमेल भएको थियो भने अन्य १० पालिकामा पाँचदलीय गठबन्धन भएको थियो।

प्रकाशित मिति: १२:४२ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्