पोखरीमा डुबेर बालिकाको मृत्यु
महोत्तरी, जेठ २५ : महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६...
महोत्तरी, जेठ २५ : महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। बालिकाको शव परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १०:३६ बजे, बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












