Kathmandu Press

धनुषा जिससमा कांग्रेसको प्यानल निर्विरोध

धनुषा, जेठ २६ : जिल्ला समन्वय समिति धनुषामा नेपाली कांग्रेसको प्यानल निर्विरोध चयन भएको छ।समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित भएका हुन्।...
धनुषा जिससमा कांग्रेसको प्यानल निर्विरोध

धनुषा, जेठ २६ : जिल्ला समन्वय समिति धनुषामा नेपाली कांग्रेसको प्यानल निर्विरोध चयन भएको छ।

समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित भएका हुन्। जिसस प्रमुख, उपप्रमुखसहित सदस्यमा कांग्रेसको मात्र मनोनयन परेको थियो।

धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार जिसस उपप्रमुखमा सङ्गीतादेवी ठाकुर निर्वाचित भएकी छन्।

यस्तै सदस्यहरूमा ईश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापामगर, फगु यादव, महिला सदस्यमा गीतादेवी यादव, विकादेवी मिजार, सोनितादेवी सदा र दलित तथा अल्पसङ्ख्यक सदस्यमा महेन्द्र महतो निर्वाचित भएका छन्। जिसस सदस्यमा पनि कांग्रेसको मात्रै उम्मेदवारी परेको थियो।

प्रकाशित मिति: ०७:२८ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्