Kathmandu Press

पाकिस्तानमा गाडी दुर्घटना, २२ जनाको मृत्यु

इस्लामावाद, जेठ २५ : पाकिस्तानको बालोचिस्तानको किला सइफुल्ला नजिकै यात्रुवाहक भ्यान दुर्घटना हुँदा बुधबार २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।गाडी सडकबाट करिब...
पाकिस्तानमा गाडी दुर्घटना, २२ जनाको मृत्यु

इस्लामावाद, जेठ २५ : पाकिस्तानको बालोचिस्तानको किला सइफुल्ला नजिकै यात्रुवाहक भ्यान दुर्घटना हुँदा बुधबार २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

गाडी सडकबाट करिब १०० फिट तल खोल्सामा भरी दुर्घटना भएको र घटनामा परी पाँच बालबालिका, पाँच महिला र ११ पुरूष गरी २२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उप–आयुक्त हाफिज मुहम्मद कासिमले बताए।

घटनामा परी एक बालक घाइते भएका छन् भने उनको क्वेटास्थित एक अस्पतालमा उपचार भइरहेको छ।

पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले सो घटनाप्रति दुःख व्यक्त गर्दै घाइते व्यक्तिहरूको पर्याप्त उपचार गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन।

उनले घटनाबारे अनुसन्धान गर्न र भविष्यमा यस खालका दुर्घटना हुन नदिन आवश्यक कदम चाल्न स्थानीय अधिकारीलाई निर्देशन दिएका छन।

प्रकाशित मिति: १९:२३ बजे, बुधबार, जेठ २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्