Kathmandu Press

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित

जनकपुरधाम, जेठ २६ : मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित भएको छ। प्रदेशसभाको आज बसेको बैठकमा...
मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित
Hardik ivf

जनकपुरधाम, जेठ २५ : मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित भएको छ। प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिएपछि सर्वसम्मतबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको हो।

बैठकमा प्रदेशसभा सदस्यबाट उठेका विषयवस्तुलाई आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत सम्बोधन गरिने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री राउतले नीति तथा कार्यक्रम पारित गर्न आग्रह गरे।

त्यसपछि नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गराउनुभएका प्रदेशसभा सदस्य बच्चाराम अहिर, परमेश्वर साह, दिलीपकुमार साह, सुन्दरबहादुर विश्वकर्मा र बाबुलाल साह (कानु) ले आआफ्ना संशोधन प्रस्ताव फिर्ता लिएका थिए। त्यसलगत्तै सभामुख सरोजकुमार यादवले सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमलाई निर्णायक प्रस्तुत गर्दै सर्वसम्मतबाट पारित भएको घोषणा गरे।

प्रकाशित मिति: १८:२२ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्