Kathmandu Press

मानवीय सहायता मार्ग खोल्न पहल गरेको युक्रेनको भनाइ

किभ, जेठ २५ : युक्रेनले यहाँबाट सामग्री निर्यातका लागि मार्ग खोल्ने प्रक्रियाका लागि पहल थालेको बताएको छ।यहाँका अधिकारीले दिएको जानकारीअनुसार यस अघिदेखि नै...
मानवीय सहायता मार्ग खोल्न पहल गरेको युक्रेनको भनाइ

किभ, जेठ २५ : युक्रेनले यहाँबाट सामग्री निर्यातका लागि मार्ग खोल्ने प्रक्रियाका लागि पहल थालेको बताएको छ।

यहाँका अधिकारीले दिएको जानकारीअनुसार यस अघिदेखि नै युक्रेनले आफ्ना उत्पादनलाई निर्यात गरी बाहिर पठाउने पहलका लागि आग्रह गरिरहेको थियो। युक्रेनका विदेशमन्त्रीले मङ्गलबार यस विषयमा जानकारी दिएका छन्।

विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, युक्रेनका आफ्ना कृषिजन्य उत्पादनलाई निर्यात गरेर बाहिर पठाउने प्रयोजनका लागि संयुुक्त राष्ट्रसङ्घसँग मानवीय सहायतासम्बन्धी मार्ग खोल्ने विषयमा पहल गरिएको छ।

उहाँले भन्नुभएको छ, युक्रेनले अहिले आफ्ना सबै पहल यहाँका कृषि उपजको निर्यातका विषयमा केन्द्रित गरिरहेको छ, विदेशमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ।

युक्रेनले यसअघिदेखि नै विश्वका कतिपय देशमा खाद्यान्न ट्रक, रेल तथा सामुद्रिक यातायातबाट पनि आपूर्ति गरिरहेको पनि सो विज्ञप्तिमा जनाइएको छ।

युक्रेनको बन्दरगाहमा भएको अवरोधका कारण विश्वमा नै खाद्यान्न अभाव हुने बताइएको छ। रुसले युक्रेनमा गरेको हमलाका कारण यहाँको बन्दरगाह तथा आपूर्ति मार्गमा अवरोध पुगेको छ।

त्यसैले युक्रेनले मानवीय सहायताका सामग्रीको आयात तथा निर्यातका लागि मार्ग खोल्न सहयोग गर्नुपर्ने बताएको छ।

प्रकाशित मिति: १७:५५ बजे, बुधबार, जेठ २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्