Kathmandu Press

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन शहरी स्वास्थ्य केन्द्र विस्तार 

पाल्पा, जेठ २५ : स्वास्थ्य सेवा प्रभावकारी बनाउन रामपुर नगरपालिकाले यसको सेवा विस्तारमा जोड दिएको छ । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै नगरले पहिलो प्राथमिकतामा...
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन शहरी स्वास्थ्य केन्द्र विस्तार 

पाल्पा, जेठ २५ : स्वास्थ्य सेवा प्रभावकारी बनाउन रामपुर नगरपालिकाले यसको सेवा विस्तारमा जोड दिएको छ । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै नगरले पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सेवा बिस्तार र संरचना निर्माणका कामलाई अगाडि बढाएको छ। 
      
स्थानीय तहको निर्वाचनपछि नागरिकलाई गाउँ ठाउँमै सहज, सरल र सुलभ सेवा दिने उद्देश्यले स्वास्थ्य संस्था र सेवा विस्तार गर्दै लगिएको छ । नगरपालिकाको केन्द्रदेखि टाढा रहेको वडा १ र २ का माथिल्लो वस्तीका स्थानीयलाई  लक्षित गर्दै चण्डिहानमा स्वास्थ्य केन्द्रको स्थापना गरी सेवा दिन थालेपछि ठूलो राहत मिलेको छ। 

यसअघि तीन स्वास्थ्य संस्थाबाट सेवा दिदै आएकोमा अहिले चण्डीहानमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरी चार संस्थाबाट स्वास्थ्य सेवा दिन थालिएको हो । स्वास्थ्य चौकी गाँडाकोटका प्रमुख मजिबुर रहमान शेखले आवश्यकता अनुरुप गत वैशाख ५ गतेदेखि शहरी स्वास्थ्य केन्द्रबाट अनमी सहित दुई जना कर्मचारीबाट सेवा दिइरहेको जानकारी दिए। 
       
पुरानो गाविस भवन मर्मत गरी स्थापना गरिएको शहरी केन्द्रबाट हाल नियमित खोप, दैनिक बिरामी जाँच, सुरक्षित मातृत्व, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन सेवा र सचेतनालाई प्राथमिकता दिने बताइएको छ। 

Hardik ivf

नगर प्रमुख रमणबहादुर थापाले नागरिकलाई सहज सेवा दिन पायक पर्ने ठाउँमा स्वास्थ्य केन्द्र स्थापना गरिएको बताए। स्थानीय सरकार नागरिकको सेवामा हरबखत तल्लिन रहेको र आवश्यक पर्ने सामग्री नगरले बन्दोबस्त गर्ने बताउँदै नगरप्रमुख थापाले आवश्यक पर्ने सेवा सुबिधा स्वास्थ्य केन्द्रबाट लिन स्थानीयलाई आग्रह गरेका छन्। 
       
नगर स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले अहिले रामपुरमा १६ वटा स्वास्थ्य संस्थाबाट नगरवासीले सेवा पाइरहेको बताए। नेपालमा नै पहिलो विसं २०७० मा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा भएकाले यसको निरन्तरतामा जोड दिएको उनले बताए। 

स्वास्थ्य चौकीसहित गाँडाकोटमा आधारभुत स्वास्थ्य केन्द्र भलायटार, शहरी स्वास्थ्य केन्द्र खयरबोट र शहरी स्वास्थ्य केन्द्र चण्डीहानले वडा नम्वर १ र २ का नागरिकलाई नियमित सेवा दिनेछन्। 

प्रकाशित मिति: १६:४१ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्