Kathmandu Press

‘संघीयता सुहाउँदो निर्वाचन प्रणाली हुनुपर्छ’

काठमाडाैं, जेठ २५ : राष्ट्रियसभाका सांसद जगप्रसाद शर्माले सङ्घीयता सुहाउँदो निर्वाचन प्रणाली हुनुपर्ने माग गरेका छन्।राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सङ्घीयता सुहाउँदो...
‘संघीयता सुहाउँदो निर्वाचन प्रणाली हुनुपर्छ’

काठमाडाैं, जेठ २५ : राष्ट्रियसभाका सांसद जगप्रसाद शर्माले सङ्घीयता सुहाउँदो निर्वाचन प्रणाली हुनुपर्ने माग गरेका छन्।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सङ्घीयता सुहाउँदो पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुँदा भ्रष्टाचार न्यूनीकरण हुने उनले तर्क गरे। 

सांसद भगवती न्यौपानेले नेपालको परराष्ट्र नीतिको सम्बन्धमा सरकारको प्रस्ट धारणा हुनुपर्ने माग गर्दै यसका बारेमा सबै राजनीतिक दलहरुको सल्लाह सुझाव लिएर सन्तुलित नीति अवलम्बल गर्नुपर्नेमा जोड दिए।

सांसद कृष्णप्रसाद पौडेलले मुलुकको समग्र विकासको आधार मानिने शिक्षाको अवस्था कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे।

उनले समृद्ध, समतामूलक, सामाजिक न्यायमा आधारित समाज निर्माण गर्न सक्ने शिक्षाको आवश्यकता औँल्याउँदै सीपमूलक, ज्ञानमूलक र उत्पादनशील शिक्षा हुनुपर्नेमा जोड दिए।

उनले भने, 'उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या अत्यन्त कमजोर छ, देशको आवश्यकताका आधारमा शिक्षा प्रणाली हुनुपर्छ।'

प्रकाशित मिति: १५:५५ बजे, बुधबार, जेठ २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्