Kathmandu Press

इरानमा रेल दुर्घटना, १० जनाको मृत्यु

इरानमा रेल दुर्घटना, १० जनाको मृत्यु

तेहरान, जेठ २५ : मध्य इरानमा बुधबार मसहद र याजद सहरहरू बीचको लाइनमा रहेको ताबासनजिकै रेल पटरीबाट खस्दा कम्तीमा १० जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यममले  जानकारी दिएको छ। 

घटनामा १० जनाको मृत्यु भएको छ र अरु धेरै घाइते भएका राष्ट्रिय उद्धार सेवाका प्रवक्ता मोजताबा खालेदीले सरकारी टेलिभिजनलाई उद्धृत गर्दै भनेका छन्।

Hardik ivf

घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको उनले थप जानकारी दिएका छन्। 

इरानको सरकारी स्वामित्वमा रहेको रेलवेका उपप्रमुख मिर हसन मुसावीले उक्त रेलमा ३४८ जना यात्रु सवार रहेका सरकारी  सञ्चार माध्यमलाई बताएका छन्।  ट्र्याकनजिकै रहेको 'एउटा उत्खननकर्तालाई ठक्कर दिएपछि पटरीबाट खसेको उनले बताएका छन्।
 
बुधबार बिहान ५ः३० बजे दुर्घटना भएको यस रेलका ११ वटा डिब्बा मध्ये पाँचवटा ट्र्याकबाट बाहिरिएका आपातकालीन सेवाहरूले जानकारी दिएको छ।

सन् २०१६ मा, उत्तरी इरानमा दुईवटा रेलहरू ठोक्किएर भएको आगलागीमा परी ४४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौं घाइते भएका थिए।

प्रकाशित मिति: १४:५२ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्