Kathmandu Press

भारतमा कोभिड सङ्क्रमण करिब ४१ प्रतिशतले वृद्धि, नयाँ सङ्क्रमित ५ हजार

नयाँ दिल्ली, जेठ २५ : भारतमा कोभिड सङ्क्रमण करिब ४१ प्रतिशतले वृद्धि, ५ हजार २३३ नयाँ सङ्क्रमितभारतमा मंगलबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा...
भारतमा कोभिड सङ्क्रमण करिब ४१ प्रतिशतले वृद्धि, नयाँ सङ्क्रमित ५ हजार

नयाँ दिल्ली, जेठ २५ : भारतमा मंगलबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा थप पाँच हजार २३३ जना कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ। 

सोमबार, भारतमा थप तीन हजार ७१४ जनालाई कोरोना सङ्क्रमण भएको थियो। मङ्गलबार वृद्धि भएका यो कोरोना सङ्क्रमितहरु मध्ये महाराष्ट्रका एक हजार ८८१ जना रहेका थिए। यो सङ्ख्या फेबु्रअरी १८ यताकै उच्च हो।

Hardik ivf

सोमबाार तुलना मङ्गलबार कोरोना सङ्क्रमणमा ४१ प्रतिशतले बृद्धि भएको समाचारमा जनाइएको छ। हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या २८ हजार ८५७ रहेका छन्। सक्रिय सङ्क्रमितको यो सङ्ख्या भारतमा हालसम्म भएका कोरोना सङ्क्रमितको ०.०७ प्रतिशत भएको जनाइएको छ।
 
सोमबार मध्यरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा तीन जार ३४५ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ३६ हजार ७१० पुगेको छ। अहिले कोरोना भाइरस मुक्ति दर ९८.७२ प्रतिशत रहेको छ। 

भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ३५ लाख परीक्षण भएको छ। भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ४३ लाख २६ हजार ४१६ हजार खोप लगाइएको छ।

प्रकाशित मिति: १४:४८ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्