Kathmandu Press

जिसस सङ्खुवासभा प्रमुखमा एकीकृत समाजवादीका शाक्य

सङ्खुवासभा, जेठ २५ : जिल्ला समन्वय समिति सङ्खुवासभाको प्रमुखमा सुमन शाक्य निर्विरोध निर्वाचित हुनुभएको छ। नेकपा एकीकृत समाजवादीका शाक्य पुनः दोस्रो पटक प्रमुखमा...
जिसस सङ्खुवासभा प्रमुखमा एकीकृत समाजवादीका शाक्य

सङ्खुवासभा, जेठ २५ : जिल्ला समन्वय समिति सङ्खुवासभाको प्रमुखमा सुमन शाक्य निर्विरोध निर्वाचित भएका छन्। नेकपा एकीकृत समाजवादीका शाक्य पुनः दोस्रो पटक प्रमुखमा निर्वाचित भएका हुन्। 

जिसस सङ्खुवासभाको प्रमुखमा सत्ता गठबन्धन दलले समाजवादीका शाक्यलाई उम्मेदवार बनाएको थियो। स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवारी खारेज भएपछि समाजवादीका शाक्य निर्विरोध निर्वाचित भएका हुन्। 

जिससमा प्रमुख, उपप्रमुखसहित सबै पदमा  गठबन्धनको प्यानल नै विजयी भएका हुन्। एमालेले घलेलाई जिसस प्रमुखमा प्रस्ताव र समर्थन गरी उम्मेदवार बनाएको थियो।

स्वतन्त्र उम्मेदवार घलेको उम्मेदवारी स्थानीय तह निर्वाचन निर्देशिकाको दफा ४५ (३) बमोजिम खारेज गरिएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिए।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी बबिता खत्री निर्वाचित भएका छन्। उनी एमालेकी रेनुका माया गुरुङलाई तीन मतले पराजित गर्दै विजयी भएकी हुन्। विजयी खत्रीले ११ मत प्राप्त गर्दा पराजित गुरुङले आठ मत पाएका थिए।

जिससको खुल्ला सदस्यमा  माओवादी केन्द्रका मणिराज खत्री, नेपाली कांग्रेसका छेदर भोट र मनोजकुमार थायुम निर्वाचित भएका छन्। 

महिला तीन सदस्यमा माओवादी केन्द्रकी अरिता राई, शान्तिदेवी राई र कांग्रेसकी भत्तीमाया गुरुङ विजयी भए। दलित वा अल्पसङ्ख्यक सदस्यतर्फ कांग्रेसकै देउमान राई विजयी भएका छन्। 

प्रकाशित मिति: १३:५१ बजे, बुधबार, जेठ २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्