Kathmandu Press

मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने बुँदाप्रति युनियनको आपत्ति

काठमाडाैं, जेठ २५ : मेलम्ची खानेपानी विकास समिति कर्मचारी युनियनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समिति खारेज गर्ने वाक्यांश उल्लेख गरिएकामा आपत्ति जनाएको...
मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने बुँदाप्रति युनियनको आपत्ति

काठमाडाैं, जेठ २५ : मेलम्ची खानेपानी विकास समिति कर्मचारी युनियनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समिति खारेज गर्ने वाक्यांश उल्लेख गरिएकामा आपत्ति जनाएको छ।

बजेट वक्तव्यको बुँदा नं. १७७ मा समिति खारेज गर्ने र बुँदा नं. १७६ मा मेलम्ची खानेपानी आयोजना यांग्री र लार्केसहितको दोस्रो चरण आयोजनाअन्तर्गत बजेट विनियोजन हुनुले आयोजनाका विषयमा अन्योल देखिएको युनियनका अध्यक्ष ऋषिराम पौडेलले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ। 

काठमाडौँ उपत्यकाका उपभोक्ताको प्रतिनिधित्व हुनेगरी काठमाडौँ महानगरपालिकाका प्रमुख, सम्बन्धित मन्त्रालयका सचिव, आयोजनाका कार्यकारी निर्देशक र अर्थ मन्त्रालयका सहसचिव सम्मिलित छरितो समिति बनाइएकामा त्यसको खारेजीले अन्तिम चरणमा पुगेको आयोजनाको भविष्यकै विषयमा प्रश्नचिह्न उठेको कर्मचारी युनियनको भनाइ छ।

समिति खारेज गर्ने उल्लेख गरिएको बजेट वक्तव्यमा लोकसेवा आयोगको प्रत्यक्ष निगरानीमा आयोजना अवधिभरका लागि पदबहाल रहेका कर्मचारीका विषयमा केही उल्लेख नगरिनु दुःखद रहेको अध्यक्ष पौडेलले बताए।

प्रकाशित मिति: १३:४६ बजे, बुधबार, जेठ २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्