सेयर बजारको समस्या समाधान गर्न सुझाव समिति गठन
काठमाडौं, जेठ २५ : सेयर बजारको समस्या समाधान गर्न चार सदस्यीय सुझाव समिति गठन भएको छ।धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा समितिमा अर्थ...
काठमाडौं, जेठ २५ : सेयर बजारको समस्या समाधान गर्न चार सदस्यीय सुझाव समिति गठन भएको छ।
धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा समितिमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सदस्य रहने र सदस्य सचिव बोर्डकै एकजना रहने जनाइएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आज (बुधबार) यस्तो समिति बनाएको जानकारी दिएका हुन्। आजै अर्थ मन्त्रालयमा मन्त्री शर्माको उपस्थितिमा बसेको राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्डका अध्यक्ष र अर्थ मन्त्रालयका अधिकारीहरूको बैठकले सो समिति गठन गरेको हो।
सेयर बजारमा देखिएको समस्या समाधान गर्ने सन्दर्भमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतसँग छलफल गरेका थिए।
प्रकाशित मिति: १३:१२ बजे, बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











