Kathmandu Press

कारसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

भरतपुर, जेठ २५ : चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा गए राति एक युवकको मृत्यु भएको छ।पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा...
कारसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

भरतपुर, जेठ २५ : चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा गए राति एक युवकको मृत्यु भएको छ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ५०७४ नम्बरको कारमा सोही दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

Hardik ivf

कारमा ठोक्किएको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख १३७१ नंको ट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक गोरखाको शहीद लखन गाउँपालिका–४ का २३ वर्षीय सन्तोष चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो। ट्याङ्कर चालक र कार चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ।

उनको शव परीक्षणका लागि भरतपुर सरकारी अस्पताल लगिएको अधिकारीले बताए।

प्रकाशित मिति: ०७:०८ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्