Kathmandu Press

नेता पौडेलको स्वास्थ्यमा सुधार

काठमाडाैं, जेठ २४ : नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा विजय पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको छ।पार्टीका कार्यालय सचिव डा गङ्गालाल तुलाधरले आज विज्ञप्ति...
नेता पौडेलको स्वास्थ्यमा सुधार

काठमाडाैं, जेठ २४ : नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा विजय पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको छ।

पार्टीका कार्यालय सचिव डा गङ्गालाल तुलाधरले आज विज्ञप्ति जारी गर्दै पौडेलको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार गङ्गालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो। मुटुसम्बन्धी शल्यक्रियापछि पौडेलको स्वास्थ्यमा सुधार हुँदै गएको विज्ञप्तिमा उल्लेख छ।

चिकित्सकको सल्लाहबमोजिम पौडेलसँगको भेटघाट हाललाई बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: २०:२३ बजे, मंगलबार, जेठ २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्