Kathmandu Press

सञ्चारमैत्री बन्ने रुपन्देहीका जनप्रतिनिधिको प्रतिबद्धता

रूपन्देही, जेठ २४ : रुपन्देहीका जनप्रतिनिधिले सञ्चारमैत्री भएर सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन्।नेपाल पत्रकार महासङ्घ रुपन्देहीले आज बुटवलमा अयोजना गरेको नवनिर्वाचित पालिका...
सञ्चारमैत्री बन्ने रुपन्देहीका जनप्रतिनिधिको प्रतिबद्धता

रूपन्देही, जेठ २४ : रुपन्देहीका जनप्रतिनिधिले सञ्चारमैत्री भएर सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीले आज बुटवलमा अयोजना गरेको नवनिर्वाचित पालिका प्रमुखसँग सञ्चार र स्थानीय तहको अन्तरसम्बन्ध विषयक अन्तरसंवाद कार्यक्रममा जनप्रतिनिधिले सञ्चार संस्थासँग समन्वय गरेर अगाडि बढ्ने बताए। कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले सञ्चारमाध्यम र पत्रकारसँग आवश्यक समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए। नगरप्रमुख पाण्डेले आफू निर्वाचित भएसँगै पहिलो बैठकबाट नै बुटवलको चौराहा–चिडियाखोला सडक मर्मतको काम सुरु गरेको उल्लेख गर्दै बर्खाको समय आउन लागेकाले यसको जोखिम व्यवस्थापनको काममा लागेको बताए।

Hardik ivf

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले स्थानीय तहको निर्वाचनलाई मर्यादित बनाउन पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए। उनले राम्रो कामको प्रशंसा गर्न र गलत गर्दा खबरदारी गर्न सञ्चारकर्मीलाई आग्रह गरे।

शुुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले सञ्चारकर्मीलाई स्थानीय तह र जनप्रतिनिधिलाई आवश्यक स्थान दिन आग्रह गरे। उनले पालिकालाई मिडियामैत्री बनाउने प्रतिबद्धता जनाउँदै समय समयमा सुझाव दिनसमेत आग्रह गरे।
    
नेपाल पत्रकार महासङ्घका पूूर्व जिल्ला अध्यक्षद्वय डा बालकृष्ण चापागाईं र विनोद पहाडीले निर्वाचनमा फरक फरक पार्टीबाट जिते पनि सबैलाई समेटेर काम गर्न सुझाव दिए। महासङ्घका निवर्तमान जिल्ला अध्यक्ष यानेन्द्र जिसीले जनप्रतिनिधि सबैका साझा भएकाले सोहीअनुसार नागरिकसँग व्यवहार गर्न आग्रह गरे। कार्यक्रममा पत्रकार माधव नेपालले सूचनामा सहज पहुँच, समानुपातिक लोककल्याणकारी विज्ञापन वितरण, जनसहभागितालगायतबारे सुझाव दिए।

प्रकाशित मिति: २०:१४ बजे, मंगलबार, जेठ २४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्