Kathmandu Press

स्थानीय निर्वाचनमा गठबन्धन सफल भयो : डा महत

काठमाडाैं, जेठ २४ : नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन सफल भएको बताएका छन।अन्तराष्ट्रिय...
स्थानीय निर्वाचनमा गठबन्धन सफल भयो : डा महत

काठमाडाैं, जेठ २४ : नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन सफल भएको बताएका छन।

अन्तराष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) को एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसिया क्षेत्रबाट कार्यकारी सदस्यमा निर्वाचित भएका नेपाल प्रेस युयिनका अध्यक्ष बद्री सिग्देललाई आज प्रेस युनियनको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बधाई तथा सम्मान गर्दै उनले आगामी मङ्सिरमा हुने आमनिर्वाचनमा पनि गठनबन्धन कायम हुने र कांग्रेसबाट तलमाथि नहुने बताए।

Hardik ivf

प्रवक्ता  डा महतले प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्न आइएफजे महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च भएको बताउँदै प्रेस युनियनका अध्यक्ष नै यसमा निर्वाचित भएपछि प्रेस स्वतन्त्रताका लागि नेपालले पनि यसको सदुपयोग गर्न पाउने उल्लेख गरे। उनले प्रेस युनियन कांग्रेसको शुभेच्छुक संस्था भएको र आगामी साउन ६ र ७ गते तोकिएको युनियनको महाधिवेशन सम्पन्न गर्न सक्दो सहयोग र सहजीकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

वरिष्ठ पत्रकार हरिहर वीरहीले नेपालको आइएफजेमा प्रेस युनियनका अध्यक्ष निर्वाचित हुनु नेपालको लोकतन्त्र र प्रेसप्रति सम्मान र सद्भाव भएको बताउँदै यो अवसरलाई युनियनले मौकाका रुपमा लिँदै सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गरे। नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले आइएफजेमा नेपाल निर्वाचित हुनु नेपालको प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लाागि महत्वपूर्ण अवसर र उपलब्धि भएकाे बताए। उनले नेपालमा हुने प्रेस स्वतन्त्रताबिरोधी क्रियाकलापको निगरानी र खबरदारी गर्न यसले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

अध्यक्ष सिग्देलले प्रेस युनियनको आगामी साउनमा तोकिएको महाधिवेशन निर्धारित समय मै हुने बताउँदै तयारी जुट्न सम्पूर्ण युनियनकर्मीमा आह्वान गरे। कार्यक्रममा युनियनका पूर्वकेन्द्रीय अध्यक्ष रमेश तुफान, युनियनका केन्द्रीय सल्लाहकारद्वय कविर राणा र शिव लम्साल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष ईश्वरी ओझा, महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडीलगायतले बधाई दिँदै नेपालको मिडिया, प्रेस स्वतन्त्रता एवं श्रमजिवी पत्रकारका मुद्दामा आफ्ना धारणा व्यक्त गरेका थिए।

प्रेस आइएफजेको सदस्यता लिने नेपालको पहिलो संस्था हो। नेपालमा प्रेस युनियनपछि नेपाल पत्रकार महासङ्घ र नेपाल युनियन अफ जर्नासिल्ट गरी आइएफजेका तीन संस्था सदस्य रहेका छन्।

प्रकाशित मिति: १९:२५ बजे, मंगलबार, जेठ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्