Kathmandu Press

बालकले खेलाैना सम्झिएर बन्दुक चलाउदा बाबाकाे मृत्यु

मियामी, जेठ २४ : फ्लोरिडाको ओर्लेण्डो नजिकको एक घरमा दुई वर्षका बालकले गोली भरिएको बन्दुक खेलाउँदा उनका २६ वर्षीय पिताको मृत्यु भएको छ।...
बालकले खेलाैना सम्झिएर बन्दुक चलाउदा बाबाकाे मृत्यु

मियामी, जेठ २४ : फ्लोरिडाको ओर्लेण्डो नजिकको एक घरमा दुई वर्षका बालकले गोली भरिएको बन्दुक खेलाउँदा उनका २६ वर्षीय पिताको मृत्यु भएको छ।  

 

भूइँमा रहेको झोलामा बन्दुक भेटेका ती अवोध बालकले खेलौना सम्झेर ट्रिगर दबाउँदा गम्भीर घाइते भएका रेग्गी म्याब्रेको उपचारका लागि स्थानीय अस्पताल पुर्‍याउने वित्तिकै मृत्यु भएको अरेञ्ज काउण्टीका अधिकारीले संवाददाता सम्मेलनमा बताए।

प्रारम्भमा रेग्गीले आत्महत्या गरेको आशङ्का अनुसन्धान अधिकारीहरूले गरेका थिए तर मृतकका जेठा छोराले आफ्ना दुई वर्षीय भाइले बन्दुकको ट्रिगर दबाउँदा कम्प्युटरमा भिडियो गेम खेलिरहेका बाबाको ढाँडमा गोली लागेको बयान दिएका थिए। घटनाको समयमा पाँच महिनाकी बालिकासहित परिवारका पाँच सदस्य एउटै कोठामा थिए।

प्रकाशित मिति: १९:०२ बजे, मंगलबार, जेठ २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्