Kathmandu Press

दक्षिण कोरियामा छ हजार १७२ कोरोना सङ्क्रमित

साेल, जेठ २४ : दक्षिण कोरियामा सोमबार मध्यरातिसम्म अर्थात गत २४ घण्टाको समयावधीमा छ हजार १७२ जनामा थपिएका यहाँका स्वास्थ्य अधिकारीहरुले मङ्गलबार जानकारी...
दक्षिण कोरियामा छ हजार १७२ कोरोना सङ्क्रमित

साेल, जेठ २४ : दक्षिण कोरियामा सोमबार मध्यरातिसम्म अर्थात गत २४ घण्टाको समयावधीमा छ हजार १७२ जनामा थपिएका यहाँका स्वास्थ्य अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्। यसैसँगै कूल सङ्क्रमितको संख्या १ करोड ८१ लाख ७४ हजार ८८०  पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

यहाँ पछिल्लो केही हप्तामा सङ्क्रमण दरमा कमी आएको पाइएको हो। दक्षिण कोरियाका अधिकारीहरुले पहिलेका तुलनामा पछिल्ला दिनहरुमा त्यहाँ सङ्क्रमितको सङ्ख्या थोरै भएपनि घट्दै गएको पाइएको बताएका छन्।

दैनिक सङ्क्रमित अघिल्लो दिन ५ हजार २२ जना थियो। आइतबारको तुलनामा सोमबार थोरै बढेको पाइएको छ। कोरिया रोग नियन्त्रण निकायका अनुसार यो एक हप्ता अघि दक्षिण कोरियामा दैनिक सङ्क्रमति १७ हजार १८५ रहेको थियो।
 
सो समयावधी बीस जनाको मृत्यु भएको पुष्टि भएसँगै यस महामरीबाट मृत्यु हुनेको संख्या २४ हजार २९९ पुगेको छ।

प्रकाशित मिति: १९:०० बजे, मंगलबार, जेठ २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्