Kathmandu Press

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै

नयाँ दिल्ली, जेठ २४ : भारतमा सोमबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितका थप सङ्ख्या तीन हजार ७१४ पुगेको छ। केही दिनयता...
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै

नयाँ दिल्ली, जेठ २४ : भारतमा सोमबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितका थप सङ्ख्या तीन हजार ७१४ पुगेको छ। केही दिनयता चार हजार पार गरेको कोरोना सङ्क्रमतिहरुमा  पुनः कमि आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। भारतमा गत शुक्रबारयता कोरोना सङ्क्रमितका दैनिक सङ्ख्या चार हजार नाघेको थियो।

करिब तीन महिनापछि गत शुक्रबार भारतमा दैनिक कोरोना सङ्क्रमण चार हजार नाघेको थियो। गत मार्च ११ मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १९४ पुगेको थियो। गत शुक्रबार चार हजार ४१ मा कोरोना सङ्क्रमण भएको थियो। आइतबार यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ५१८ रहेको थियो। यद्यपी आइतबार तुलना सोमबार कमि अएको समाचारमा जनाइएको छ।

Hardik ivf

हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या २६ हजार ९७६ रहेका छन्। सक्रिय सङ्क्रमितको यो संख्या भारतमा हालसम्म भएका कोरोना सङ्क्रमितको ०.०६ प्रतिशत भएको जनाइएको छ।

सोमबार मध्यरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ५१३ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ३३ हजार ३६५ पुगेको छ। अहिले कोरोना भाइरस मुक्ति दर ९८.७२ प्रतिशत रहेको छ।

भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ३२ लाख परीक्षण भएको छ। भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड २७ लाख १६ हजार ५४३ हजार खोप लगाइएको छ।

प्रकाशित मिति: १८:५८ बजे, मंगलबार, जेठ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्