Kathmandu Press

चार दिनदेखि हराइएकी बालिका मृत भेटिइन्

वीरेन्द्रनगर, जेठ २४ : चार दिनदेखि हराइएकी सुर्खेतकी एक बालिकाको शव फेला परेको छ। गुर्भाकोट नगरपालिका–५ बेतेनीकी ७ वर्षीया बालिका ग्रीस्मा विक मृतावस्थामा...
चार दिनदेखि हराइएकी बालिका मृत भेटिइन्

वीरेन्द्रनगर, जेठ २४ : चार दिनदेखि हराइएकी सुर्खेतकी एक बालिकाको शव फेला परेको छ। गुर्भाकोट नगरपालिका–५ बेतेनीकी ७ वर्षीया बालिका ग्रीस्मा विक मृतावस्थामा फेला परेकी हुन्।

शनिबार हजुरआमासँगै गाउँमा भोज खान गएकी विक सोही दिन बेलुकाबाट हराएकी हुन्। सो दिन परिवारले आफन्तकोमा गएको होला भनेर खोजतलास गर्दा फेला नपरेपछि भोलिपल्ट प्रहरीकोमा खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

Hardik ivf

उनका अनुसार बालिकाको शव विकको घरदेखि १०० मिटरको दूरीमा आज बिहान फेला परेको छ। चोट लागेको अवस्थामा बालिकाको शव फेला परेकाले उनको हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। प्रहरीले शङ्कास्पद स्थानीय २० वर्षीय घनश्यान विकलाई अनुसन्धानका लागि हिरासतमा लिएको छ। प्रहरीले घटनाको स्थलगतरुपमा अनुसन्धान गरिरहेको बताएको छ।

मृतावस्थामा ७ वर्षीया बालिका फेला परेको र प्रहरी घटनास्थलमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कार्कीले बताए। घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेकाले पूर्ण वितरण नआइसकेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। शव परीक्षणपछि हत्या भए नभएको रिपोर्ट आउने उनले बताए।

प्रकाशित मिति: १८:०९ बजे, मंगलबार, जेठ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्