Kathmandu Press

पर्यटन पुनरुत्थान प्रविधि समिति विघटन

पर्यटन पुनरुत्थान प्रविधि समिति विघटन

काठमाडौं, जेठ २४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार महिनाअघि गठन गरेको पर्यटन पुनरुत्थान प्रविधि समिति विघटन गरेको छ। राजाराम गिरीको संयोजकत्वमा गएको माघ २ गते गठन गरिएको उक्त समितिलाई मन्त्रीस्तरीय निर्णयबाट विघटन गरिएको हो।

समितिले यही वैशाख २० गते आफ्नो प्रतिवेदन बुझाइसकेकाले समिति विघटन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए। 

कोभिडपछि नेपालको पर्यटन उद्योगमा नयाँ सम्भावना खोजी गरी नीतिगत राय, सुझाव र सल्लाह दिलाउन गठित व्यवसायी गिरी संयोजकत्वको समितिमा १२ सदस्य रहेका थिए । उक्त समितिभन्दा माथि मन्त्री आलेकै अध्यक्षतामा २४ सदस्यीय निर्देशक समितिसमेत रहेको थियो । 

मन्त्रालयले उक्त प्रतिवेदनका सुझावलाई कार्यान्वयन गर्ने जनाउँदै दुवै समितिलाई विघटन गरिएको जनाएको छ।

प्रकाशित मिति: १६:३३ बजे, मंगलबार, जेठ २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्