Kathmandu Press

एक सातादेखि हराएका ६ वर्षीय बालक मृत फेला  

एक सातादेखि हराएका ६ वर्षीय बालक मृत फेला  

धनुषा, जेठ २४ : धनुषामा एक हप्तादेखि हराइरहेका एक बालकको शव फेला परेको छ । बालकको शव धनुषा र महोत्तरीको सीमामा फेला परेको हो। 

एक साताअघि सर्लाहीको कबिलासी नगरपालिका–७ गैर बजार घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ मा छाप्रोमा बसिरहेका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरही बेपत्ता भएका थिए। 

Hardik ivf

जनकपुरधाम–२२ र महोत्तरीको पिपरा गाउँपालिका–६ वसविट्टीस्थित दूधमती नदीको छेउको पानी भएको झाडीमा सोमबार राति बालकको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी  दिए। 

बरहीको परिवार घुमन्ते जीवन बिताइरहेका थिए । बालकको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।  

प्रकाशित मिति: १५:३५ बजे, मंगलबार, जेठ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्