Kathmandu Press

बैतडीका एक लाख ७६ हजारले पाए कोरोनाविरुद्ध पूर्ण खोप

बैतडी, जेठ २४ : बैतडीमा हालसम्म एक लाख ७६ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप पाएका छन्। जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार एक लाख ७६ हजार...
बैतडीका एक लाख ७६ हजारले पाए कोरोनाविरुद्ध पूर्ण खोप

बैतडी, जेठ २४ : बैतडीमा हालसम्म एक लाख ७६ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप पाएका छन्। जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार एक लाख ७६ हजार ४७ ले कोरोनाविरुद्धको पूर्ण खोप पाएका हुन्। 

कोरोनाविरुद्ध खोप पाउनेमा १२ वर्षमाथिका रहेका कार्यालयप्रमुख योगेशप्रसाद भट्टले बताए । उनका अनुसार जिल्लाभरी ४१ हजार ९९५ ले ‘बुस्टर डोज’ लगाएका छन्। 

जिल्लाको दशरथचन्द नगरपालिकामा २८ हजार ७२८ ले खोपको पहिलो मात्रा लगाएका छन् भने ३६ हजार ९४१ ले पूर्ण खोप लगाएका हुन् । यस नगरमा दुई हजार ८१६ ले बुस्टर डोज लगाएका छन्। 
    
पाटन नगरमा २० हजार ४८८ ले खोपको पहिलो मात्रा लगाएका छन् भने २७ हजार ८३३ ले पूर्ण खोप लगाएका छन् । पाटनमा १५ हजार २०२ ले बुस्टर डोज लगाएका छन्।

यसैगरी पुर्चौंडी नगरमा २३ हजार १०६ ले खोपको पहिलो मात्रा लगाएका छन् भने २२ हजार ३३४ ले पूर्ण खोप लगाएका छन् । पुर्चौंडीमा सात हजार ४६२ ले बुस्टर डोज लगाएका छन्। यस्तै मेलौली नगरमा १३ हजार ९९० ले खोपको पहिलो मात्रा लगाएका छन् भने ११ हजार ९७४ ले पूर्ण खोप लगाएका छन्। मेलौलीमा एक हजार ३३ ले बुस्टर डोज लगाएका हुन्। 

जिल्लाको डिलाशैनी गाउँपालिकामा १९ हजार ६८५ ले खोपको पहिलो मात्रा लगाएका छन् भने १३ हजार ८६९ ले खोपको पूर्ण मात्रा लगाएका छन् । डिलाशैनीमा चार हजार २४२ ले बुस्टर डोज लगाएका छन् । त्यसैगरि दोगडाकेदार गाउँपालिकामा २३ हजार २३६ ले खोपको पहिलो मात्रा लगाएका छन् भने १६ हजार ९४२ ले खोपको पूर्ण मात्रा लगाएका छन् । दोगडाकेदारमा छ हजार ८९५ ले बुस्टर डोज लगाएका छन्। 

जिल्लाको सूर्नया गाउँपालिकामा १० हजार १६४ ले खोपको पहिलो मात्रा लगाएका छन् भने ३६ हजार ९४१ ले खोपको पूर्ण मात्रा पाएका छन् । सूर्नयामा दुई हजार १३३ ले बुस्टर डोज लगाएका छन्। त्यस्तै पञ्चेश्वर गाउँपालिकामा १८ हजार ८२३ ले खोपको पहिलो मात्रा लगाएका छन् भने १३ हजार १७६ ले पूर्ण खोप पाएका छन् । पञ्चेश्वरमा २१९ ले बुस्टर डोज लगाएका छन्। 

शिवनाथ गाउँपालिकामा भने सात हजार ११३ ले खोपको पहिलो मात्रा लगाएका छन् भने १० हजार ७३३ ले पूर्ण खोेप लगाएका छन् । शिवनाथमा एक हजार ९९३ जनाले बुस्टर डोज लगाएका छन्। यसैगरि सिगास गाउँपालिकामा नौ हजार ३३२ ले खोपको पहिलो मात्रा लगाएका छन् भने ११ हजार ७१९ ले पूर्ण खोप पाएका छन् । 

जिल्लामा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी रहेको छ । यसअघि खोप लगाउन छुटेका सबैलाई खोप लगाउन स्वास्थ्य कार्यालय बैतडीले आग्रह गरेको छ। 

प्रकाशित मिति: १३:१८ बजे, मंगलबार, जेठ २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्