Kathmandu Press

भक्तपुरमा ट्यांकरको ठक्करले स्कुटर चालकको मृत्यु

भक्तपुरमा ट्यांकरको ठक्करले स्कुटर चालकको मृत्यु

काठमाडौं, जेठ २४ : भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीमा दूध बोक्ने ट्यांकरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

बागमती प्रदेश ०२–०२५ प १६२० नम्बरको स्कुटरलाई बागमती प्रदेश ०१–००४ क ०५८० नम्बरको दूधको ट्यांकरले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

Hardik ivf

ट्यांकरको ठक्करले काभ्रेको बनेपा नगरपालिका–५ बस्ने ४५ वर्षीय नकुल थापा घाइते भएका थिए। उनलाई गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पताल भर्ना गरिएको थियो।

उनको उपचारका क्रममा गएराति मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए।

दुर्घटनामा संलग्न ट्यांकर चालक भक्तपुर नगरपालिका–२ ब्यासी का ३५ वर्षीय राजन ब्याञ्जुलाई प्रहरी नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ०७:४३ बजे, मंगलबार, जेठ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्