Kathmandu Press

गर्मी बढेपछि महेन्द्रनगरमा शिक्षण संस्था बन्द

गर्मी बढेपछि महेन्द्रनगरमा शिक्षण संस्था बन्द

महेन्द्रनगर, जेठ २४ : अत्याधिक गर्मी बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ।

नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयसहितको सहमतिमा मङ्गलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्टले गर्मीका कारण विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राखी विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए।

कञ्चनपुरमा एक सातादेखि अत्याधिक गर्मी बढेको छ। तातो हावा चल्दा घर बाहिर हिँड्डुल गर्न समस्या हुन थालेको छ।

प्रकाशित मिति: ०७:१२ बजे, मंगलबार, जेठ २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्