चेम्बर अध्यक्षको प्रस्ताव : लिमिटेड कम्पनी खोल्दा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत शेयर सर्वसाधरणलाई
काठमाडौं, जेठ २३ : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत सेयर...
काठमाडौं, जेठ २३ : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत सेयर सर्वसाधरण लगानीकर्तालाई निकास गर्नुपर्ने बताएका छन् ।
अर्थ मन्त्रालय अन्र्तगतको राजश्व परामर्श समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा सर्वसाधरण लगानीकर्तालाई पनि समावेश गर्नुपर्ने बताएका हुन् । यसले सर्वसाधरणलाई फाईदा पुग्ने र वित्तिय सन्तुलन पनि कायम गर्न सहयोग गर्ने अध्यक्ष मल्लको भनाई थियो ।
संस्थापक सेयर धनी र सर्वसाधरण लगानीकर्ताबीच ५१ र ४९ प्रतिशतको हिस्सा हुने गरि नीतिगत व्यवस्था गर्न उनले सरोकारवाला निकायसंग आग्रह गरे । लिमिटेड कम्पनी खोल्दा सर्वसाधरण लगानीकर्तालाई प्राथमिकतामा राख्ने गरि नीतिगत व्यवस्था हुन सके यसबाट सेवा क्षेत्र थप व्यवस्थित हुनेमा अध्यक्ष मल्लले जोड दिए ।
सेवा क्षेत्रमा सर्वसाधरणको लगानी आउन सक्यो भने यसले तरलता सिर्जना गर्ने अध्यक्ष मल्लले बताए । यस्तै अध्यक्ष मल्लले मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागु हुनुपर्ने बताए । आयतलाई व्यवस्थित गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले आम उपभोग्य र विलासिताका बस्तुहरुमा फरक फरक दर कामय गरिनुपर्नेमा जोड दिए ।











