Kathmandu Press

‘मी टू’ले आत्मसम्मान बढायोः मिसेल विलियम

काठमाडौं, माघ २४ : ओस्कर अवार्ड–२०१९ को नोमिनेसनमा पर्न सफल अभिनेत्री मिसेल विलियमले ‘मी टू’ र ‘टाइम्ज अप’ अभियानको प्रश....

‘मी टू’ले आत्मसम्मान बढायोः मिसेल विलियम

काठमाडौं, माघ २४ : ओस्कर अवार्ड–२०१९ को नोमिनेसनमा पर्न सफल अभिनेत्री मिसेल विलियमले ‘मी टू’ र ‘टाइम्ज अप’ अभियानको प्रशंसा गरेकी छिन् । दुवै अभियानले आत्मसम्मान बढाएको बताएकी छन् ।

यौन हिंसाविरुद्ध ‘मी टू’ र ‘टाइम्ज अप’ अभियान हलिउडसँगै बलिउडमा पनि चर्चित बनेका छन् । उनी दुवै अभियानसँग नजिक रहेकी छन् ।
उनले ‘टाइम्ज अप’लाई सहयोग गर्ने घोषणा पनि गरेकी छन् । उनले ‘अल द मनि इन द वल्ड’ नाटकको पारिश्रमिकबाट १० लाख ५० हजार डलर ‘टाइम्ज अप’लाई दिने घोषण गरेकी हुन् ।

Hardik ivf

‘मी टू’ अभियानको विस्तारले धेरै महिलाको आवाज सम्बोधन भएको उनको भनाइ छ । थुप्र महिलाहरूका लागि उहादरणीय बनेकोमा खुशी लागेको उनले बताएकी छन् । उनले कार्यस्थलमा ‘सुरक्षित र निष्पक्ष’ वातावारण हुनु पर्नेमा जोड दिएकी छन् ।

यति बेला भने उनी पारिश्रमिकको विषयले पनि चर्चामा छिन् । टेलि नाटक ‘अल द मनि इन द वल्ड’ को केही सिनहरु पुनः छायांकनको क्रममा आफ्नो कोस्टार मार्क ह्वालबर्गभन्दा कम पारिश्रमिक पाएको खुलाएकी हुन् ।

एउटै काम गर्दा पनि अभिनेताको भन्दा कम पारिश्रमिक पाउदा त्यतिबेला लाचार महसुस गरेको बताएकी छन् । यस विषयमा बोलेपछि भने सहज महसुस भएको उनको भनाइ छ ।

प्रकाशित मिति: १३:५४ बजे, बिहीबार, माघ २४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्