Kathmandu Press

नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्याे

नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्याे

काठमाडौं, जेठ २३ : नवलपरासीकाे परासीस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ।

जग्गा अंशवण्डा गर्ने विषयमा विवाद भएपछि गोली प्रहार भए पनि  कसैलाई नलागेको प्रहरीको भनाइ छ।

सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नै काकी रोशनी यादवलाई लक्षित गरेर गोली हाने पनि नलागेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

उनीहरू अंश मुद्दाका झगडिया रहेको प्रहरीले जानकारी दिएको छ। गोली चलाउने हर्षराम फरार भएकाले खोजी भइरहेको नवलपरासी प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:०१ बजे, सोमबार, जेठ २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्