Kathmandu Press

वनस्पति विभागकाे एकीकृत प्रयोगशाला सञ्चालनमा आयाे

वनस्पति विभागकाे एकीकृत प्रयोगशाला सञ्चालनमा आयाे

काठमाडाैं, जेठ २३ : काठमाडौंको वनस्पति विभागमा एकीकृत प्रयोगशाला सञ्चालनमा आएको छ।

सोमबार वातावरण दिवसको अवसरमा वनस्पति विभाग परिसरमा निर्मित एकीकृत प्रयोगशाला भवनको वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले उद्घाटन गरे।

६ तल्ले अत्याधुनिक प्रयोगशालामा वनस्पतिहरुको अध्ययनर अनुसन्धान गरिने विभागले जनाएको छ।

Hardik ivf

प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री यादवले स्वच्छ वातावरणमा बाच्न पाउने नागरिकको मौलिक हक प्रत्याभूतका लागि सरकारले आवश्यक नीति कानून र कार्यक्रम तर्जुमा गरि कार्यान्वयनमा ल्याएको बताए।

विकास आयोजनाहरुलाई अघि बढाउदा बातावरणमा पर्ने असरको रोकथाम र न्यूनीकरण गर्ने गरि काम गर्ने गरिएको उनले बताए।

एकीकृत प्रयोगशाला १५ करोड लागतमा निर्माण भएको विभागले जनाएको छ।

प्रकाशित मिति: १७:१८ बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्