Kathmandu Press

भारतले श्रीलंकालाई ६५ हजार म्याट्रिक टन युरिया मल दिने

काठमाडाैं, जेठ २३ : भारतले श्रीलंकालाई ६५ हजार म्याट्रिक टन युरिया मल दिने भएको छ।श्रीलंकाका लागि भारतीय उच्च आयुक्त गोपाल बाग्लायले भारतको तर्फबाट...
भारतले श्रीलंकालाई ६५ हजार म्याट्रिक टन युरिया मल दिने

काठमाडाैं, जेठ २३ : भारतले श्रीलंकालाई ६५ हजार म्याट्रिक टन युरिया मल दिने भएको छ।

श्रीलंकाका लागि भारतीय उच्च आयुक्त गोपाल बाग्लायले भारतको तर्फबाट चाँडै नै श्रीलंकालाई मल उपलब्ध गराइने जानकारी दिए।

श्रीलंकालाई खाद्य सङ्कट परिरहेका बेला आगामी दिनमा यो सङ्कट थप बढ्न नदिनका लागि मलको आवश्यकता परेकाले भारतले मल दिने भएको हो।

Hardik ivf

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकालाई मल सहयोग गर्ने निर्णय गरिसकेको र त्यो कार्यान्वयनको प्रक्रिया सुरु भइसकेको उच्च आयुक्त बाग्लायले जानकारी दिए। 

भारतले 'छिमेकी प्रथम' नीतिअन्तर्गत छिमेकी राष्ट्रहरुलाई संकटका बेलामा खुलेर सहयोग गरेको उनको भनाइ छ।

'भारतले दिने निर्णय भएको मल श्रीलंकाले जति सक्दो चाँडो पाउँछ, त्यसका लागि प्रक्रिया सुरु भइसकेको छ,' उनले भने।

भारत र श्रीलंकाका उच्च अधिकारीहरुका बीचमा हालै भएका विभिन्न छलफलमा पनि भारतले श्रीलंकालाई खाद्य सुरक्षा, औषधि व्यवस्थालगायत विषयमा सघाउने प्रतिबद्धता जनाएको थियो। 

चरम आर्थिक संकटमा फसेको श्रीलंकामा आन्तरिक खाद्य उत्पादन समेत अत्यन्त न्यून भएकाले भोकमरी फैलिने खतरा रहेको धेरैले बताउने गरेका छन्। भारतले यसअघि गत शुक्रबार श्रीलंकालाई सहयोग स्वरुप ३।३ टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको थियो।  

आर्थिक सङ्कटका कारण स्वास्थ्य सामग्रीहरु किन्न नसकेको, आयात गर्न नसकेको र देश भित्र पनि अत्यधिक मूल्य बृद्धि भएको लगायतका कारणले श्रीलंकाले स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्य देशहरुलाई अनुरोध गरेको थियो।

श्रीलंकाका नागरिकले पनि स्वास्थ्य सामग्रीको मूल्य बृद्धि र अभाव भएको भन्दै तत्काल त्यसको व्यवस्था गर्न माग गरेका थिए। 

आर्थिक सङ्कटका कारण बहुआयामीक सङ्कटमा परेको श्रीलंकामा इन्धन, अमेरिकी डलर, खाद्य पदार्थलगायतका अन्य धेरै चिजको पनि अभाव भइरहेको छ।

अत्यवश्यक परेका चिज भारतसहित धेरै देशले श्रीलंकालाई उपलब्ध गराउदै आएका छन्। भारतले यसअघि पनि स्वास्थ्य सामग्रीलगायतका धेरै प्रकारका सहयोग उपलब्ध गराएको थियो।

प्रकाशित मिति: १६:५५ बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्