थपिए २१ कोरोना संक्रमित, सक्रिय संक्रमित १०९ जना
काठमाडाैं, जेठ २३ : नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ९ सय ९० पिसिआर परिक्षणका क्रममा ७...
काठमाडाैं, जेठ २३ : नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ९ सय ९० पिसिआर परिक्षणका क्रममा ७ जना र १ हजार २ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन। त्यस्तै थप ८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ४५ जना निको भएका छन्।
हाल नेपालमा १ सय ९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:४० बजे, सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












